क्रेष्ट माइक्रो लाइफकाे आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

न्भेष्टाेपेपर । वैशाख २०, २०८१

काठमाण्डाैँ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ ।

इन्स्योरेन्सले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ कराेड ५० लाख रूपैयाँ बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण शेयरहरु प्रति शेयर अंकित मूल्य १०० रूपैयाँ दरमा सर्वसाधारणहरुमा निष्काशन गर्न लागेकाे हाे ।

उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे द्वारा हस्ताक्षर गरिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *