एनएमबि बैंकको २०२औं रुकुमको आठबीसकोटमा

न्भेष्टाेपेपर । माघ १६, २०८१

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाललाई थप विस्तार गर्दै माघ १४ गते आठबीसकोट, रुकुममा आफ्नो २०२औं शाखा उद्घघाटन गरेको छ । उद्घघाटन समारोह आठबीसकोट नगरपालिकाका नगरप्रमुख रवि केसी र एनएमबि बैंकका नायब  महाप्रमुख  प्रमोद दाहालको उपस्थितिमा सम्पन्न भयो ।

नयाँ शाखा सञ्चालनले आठबीसकोट क्षेत्रका स्थानीय समुदायलाई सहज, सुरक्षित, र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ । व्यक्तिगत ग्राहकहरू, व्यवसायीहरू र स्थानीय संस्थाहरूको आवश्यकता सम्बोधन गर्न यो शाखाले महत्वपूर्ण भूमिका खेल्नेछ । यस शाखाले क्षेत्रीय आर्थिक गतिविधि र विकासलाई थप गति दिन सहयोग गर्ने विश्वास गरिएको छ ।

एनएमबि बैंकले वित्तीय पहुँचलाई सहज बनाउन देशका विभिन्न भागमा आफ्ना शाखा स्थापना गर्दै आएको छ । बैंकले आफ्ना सेवा सञ्जाललाई विस्तार गरी स्थानीय उद्यमशीलता र समुदायको आर्थिक सशक्तिकरणमा योगदान पु¥याउँदै आएको छ । आठबीसकोट शाखाको उद्घाटनले बैंकको सञ्जाललाई अझ बलियो बनाएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *