जानी राखाैँ गला बसेको घरेलु उपचार विधि

न्भेष्टाेपेपर । माघ १६, २०८१

विषेशगरि मौसम परिवर्तन हुँदा गला बस्ने (स्वर बस्नु) समस्याबाट धेरै मानिसहरू पीडित हुन्छन् ।गला बस्नु भन्नाले घाँटीबाट आउने आवाज या घाँटीबाट निस्किने शब्द बिलकुल नआउनु या मन्द मन्द आउनु भन्ने बुझिन्छ । यसलाई सामान्य समस्या मानेर मानिसहरू डाक्टरकहाँ जाँदैनन् । तर कहिलेकाहीँ यो समस्याले गम्भीर रूप पनि लिन सक्छ । 

जोडजोडले भाषण दिनु या पढ्नु, विष खानु र कण्ठमा कुनै पनि प्रकारले चोट लाग्नु यी कारणहरूले कण्ठबाट शब्द प्रवाह गर्ने नाडीहरूमा स्थिर भएर गला बस्ने वा स्वर भङ्ग गरिदिन्छ । स्वर भङ्ग छ प्रकारको हुन्छ- वात, पित्त, कफ, सन्निपात, शरीरको स्थूलता र क्षयीरोग ।

यस्ता छन् घरेलु उपचार विधिहरू : 

१.  चिसोको कारणले गला बसेको छ भने दालचिनीले फाइदा गर्न सक्छ । एक गिलास तातो पानीमा सानो चम्चाले दालचिनी पाउडर र मरिच हालेर गलगल गर्दा गला खुल्छ ।

२.  नुनिलो पानीले कुल्ला गर्नु – (मनतातो नुनिलो पानी वा सादा हाइड्रोजन पेरोक्साइड ३ प्रतिशतले कुल्ला गर्नु) केही दिनसम्म वा घाँटी दुखाइ निको नभएसम्म दिनको दुई देखि तीन पटक राम्ररी कुल्ला गर्नाले मुखमा रहेको अतिरिक्त ब्याक्टेरिया मार्न र घाँटी दुखाइमा राहत प्रदान गर्दछ ।

३. तातोपानी र लसुन मिसाएकाे ताताे सुप पिउनाले पनि स्वर बसेकाे ठिक हुन्छ ।

४. घिउ र मह खानाले राहत मिल्छ । देशी घिउ र सखर खान सकिन्छ । महलाइ मनताताे पानी वा चियासंग मिलाएर खान पनि सकिन्छ ।

५. एन्टिसेप्टिक गुणका कारणले बेसारलाई थुप्रै रोगको रामवाण औषधि मानिन्छ । एक कप तातो पानीमा अलिकति बेसार मिसाएर खाली पेटमा सेवन गर्नुस् ।  

 ‍७. खारेको तिलको तेल अथवा मह चाट्नाले पनि स्वर बसेक‍ो ठिक हुन्छ ।

८. पिप्पली, पीपलामूल र कालो मरीच गोमूत्रमा पिसेर पिउनाले कफ स्वर बसेको ठिक हुन्छ ।

९. एक गिलास तातो पानीमा एक चिम्टी पिसेको ल्वाङ, मरिच र मह मिसाएर हरेक बिहान यसलाई पिउँदा गलामा आराम हुन्छ ।

यदि घरेलु उपाय गर्दा पनि केहि कमि भएन भने सम्बन्धित चिकित्सकको सहयोग लिनु पर्छ । 

-एजेन्सीको सहयोमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *