विकासको गतिलाई कसैले रोक्न सक्दैन : प्रधानमन्त्री

इन्भेष्टोपेपर । भाद्र १, २०७

काठमाडौँ  ।  प्रधानमन्त्री शेरबहादुर देउवाले देशभित्र लगानीको वातावरण निर्माण भइरहेकाले नयाँ तथा राष्ट्रिय महत्त्वका योजनामा लगानी भित्र्याउनुपर्ने बताउनुभएको छ ।

लगानी बोर्डका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री देउवाले सोमबार लगानी बोर्डको कार्यप्रगति प्रतिवेदन बुझ्ने क्रममा यस्तो बताउनुभएको हो । उहाँले नेपाल अब विकासको गतिमा अघि बढेको र विकासको गतिलाई कसैले पनि रोक्न सक्दैन भन्नुभयो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले आफ्नो एकवर्षे कार्यकालको कार्यप्रगति प्रतिवेदन बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री देउवासमक्ष पेस गर्नुभएको थियो । सो अवसरमा प्रधानमन्त्री देउवाले भट्टसँग बोर्डबाट एक वर्षमा सम्पादन भएका कार्यप्रगतिबारे जिज्ञासा राख्नुभएको थियो ।

कार्यप्रगतिबारे सङ्क्षेपमा सुन्नुभएपछि प्रधानमन्त्री देउवाले राष्ट्रिय महìवका योजनामा लगानी भित्र्याउन सरोकारवालासँग छलफल गरी अघि बढ्न पनि निर्देशन दिनुभयो ।

बोर्डले पेस गरेको प्रतिवेदनमा गत एक वर्षको अवधिमा ठूला पूर्वाधार परियोजनाको लगानी स्वीकृति, परियोजना स्वीकृति, परियोजना कार्यान्वयन तथा निर्माणमा सहजीकरण, लगानी प्रवद्र्धन तथा संस्थागत विकासलगायतका क्षेत्रमा हासिल गरेको उपलब्धिबारे उल्लेख गरिएको छ । गत एक वर्षको अवधिमा बोर्डबाट विभिन्न परियोजनाका लागि करिब १३६ अर्ब रुपियाँ बराबरको लगानी स्वीकृत भएको छ । सो अवधिमा करिब चार सय अर्ब बराबरको लगानी स्वीकृत हुने प्रक्रियामा रहेको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी बोर्डबाट करिब १५० अर्ब लगानीको ६७९ मेगावाट अनुमानित क्षमताको तल्लो अरुण जलविद्युत् परियोजना विकासका लागि छनोट गरिएको विकासकर्तासँग समझदारी गरी सर्वेक्षण अनुमतिपत्रसमेत जारी भएको छ ।

बोर्डबाट सहजीकरण भइरहेका अरुण तेस्रो जलविद्युत् परियोजना, ह्वासिन सिमेन्टलगायतका परियोजनाको निर्माण प्रगति पनि प्रतिवेदनमा उल्लेख छ । दमक औद्योगिक पार्कलगायत दाङ सिमेन्ट, सम्राट् सिमेन्ट परियोजनाहरू सम्झौताका चरणमा रहेको बोर्डले जनाएको छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *