बजेट कार्यान्वयनमा कुनै समस्या हुन्न : अर्थमन्त्री

इन्भेष्टोपेपर । जेष्ठ २५, २०७

काठमाडौँ ।  सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनमा कुनै समस्या नहुने प्रस्ट पारेको छ । राजनीतिक समस्या, कोरोना महामारी, निर्वाचनका कार्यक्रम, बजेटको महत्त्वाकाङ्क्षा र सरकारको पुँजीगत खर्च क्षमताका कारण कार्यान्वयनमा समस्या हुने आलोचना भइरहेका बेला उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले कार्यान्वयनमा कुनै समस्या नहुने स्पष्ट पार्नुभएको हो ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले सरोकारवालासँग गरेको अन्तक्र्रियामा सरकारले बजेट कार्यान्वयनका लागि अहिलेदेखि नै तयारी गरिरहेको र कुनै पनि कुराले कार्यान्वयन प्रभावित नहुने बताउनुभएको हो । विगतमा बजेटका कार्यान्वयनका लागि कार्यविधि निर्माणजस्ता कार्यले अवरोध गरेको देखिएकामा अहिले जेठभित्र यस्ता कार्यविधि तथा बजेट कार्यान्वयन कार्ययोजना तयार गर्न निर्देशन गरिसकिएको जानकारी दिनुभयो ।

बजेट नागरिकको जीवन रक्षा र दीर्घकालीन पूर्वाधार विकासका हिसाबले युगान्तकारी रहेको उहाँले बताउनुभयो ।

उहाँले सरकारले कोभिड महामारीमा जीवन रक्षाको प्रबन्धदेखि सामाजिक सुरक्षाका विभिन्न योजनामार्पmत जीवनचक्रमा आधारित सामाजिक सुरक्षा व्यवस्थापन गरेको आँैल्याउनुभयो । पूर्वाधार विस्तारका लागि गौरवका तथा रूपान्तरणकारी आयोजना सम्पन्न गर्न छुट्टै संयन्त्र बनाउन लागिएको हो ।

“बजेटका योजना तथा कार्यक्रम कार्यान्वयनमा हुनसक्ने व्यवधान हटाउन सरकारले अहिलेदेखि नै काम गरिरहेको छ,” उहाँले भन्नुभयो, “कुनै पनि कुराले बजेट कार्यान्वयनमा अवरोध नहोस् भन्नेमा हामी सचेत छौँ । ” निर्वाचन/चुनावका कारण पनि बजेट कार्यान्वयनमा कुनै समस्या नहुने स्पस्ट गर्नुभयो ।

अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गानाले पनि कार्यान्वयनमा शङ्का गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो । बजेट कार्यान्वयनको मार्गदर्शन यसै साताभित्र बनिसक्ने र सोहीअनुरूप सरकारी संयन्त्र तथा निजी क्षेत्र परिचालित हुने बताउनुभयो । बजेट नागरिक हित केन्द्रित र अर्थतन्त्रको पुनरुत्थानमा केन्द्रित रहेकाले सबैले स्वामित्व ग्रहण गरेर प्रभावकारी कार्यान्वयनयोग्य रहेको धारणा उहाँले राख्नुभयो ।

विगतमा कार्यविधि स्वीकृत गर्न मन्त्रिपरिषद्मै लैजानुपर्ने बाध्यता रहेकामा अब हरेक मन्त्रालय तथा निकायले अर्थ मन्त्रालयको सहमतिमा आफैँ बनाएर कार्यान्वयन गर्नसक्ने व्यवस्था हुने जानकारी उहाँले दिनुभयो ।

अर्थ मन्त्रालयका पूर्वसचिव डा. शान्तराज सुवेदीले कार्यपत्र प्रस्तुत गर्दै बजेट कार्यान्वयनको चुनौती तथा समाधानका उपाय सुझाउनुभएको थियो । बजेट कार्यान्वयनको विगत पाँच वर्षको अनुभवको सुनाउँदै सुवेदीले अहिलेको राजनीतिक अवस्था र कोरोना महामारीका कारण लोकप्रिय बजेट कार्यान्वयन थप चुनौतीपूर्ण रहेको औँल्याउनुभयो । उहाँले सरकार निर्वाचन गर्ने दिशामा रहेकाले कर्मचारी प्रशासनसमेत त्यतै केन्द्रित हुने भएकाले समस्या आउन सक्ने उहाँको आकलन थियो । त्यस्तै बजेट कार्यान्वनमा विषयगत मन्त्रालयले आवश्यक तदारुकता नदेखाउँदा समस्या पर्ने गरेको र त्यसलाई अब हटाउन उहाँले सुझाव दिनुभयो ।

उहाँले गैरबजेटरी बजेट समस्या, रकमान्तरका समस्या, सार्वजनिक खरिद ऐनका समस्याले बजेट कार्यान्वयन चुनौतीपूर्ण हुने बताउनुभयो । यस्ता समस्या समाधानका लागि सरकारले अध्यादेश ल्याएरै भए पनि तत्काल समाधान खोज्नुपर्ने सुझाव उहाँको थियो ।

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बजेट अत्यन्तै सकारात्मक र रूपान्तरणकारी रहेको भन्दै बजेटका लक्ष्य प्राप्तिका लागि केन्द्रित रहेका वित्तीय परिचालन हुनेगरी मौद्रिक नीति आउने जानकारी दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले बजेट समयानुकूल र सकारात्मक रहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले निजी क्षेत्र आर्थिक उन्नतिका सबै सवालमा सरकारसँग सहकार्य गर्न तयार रहेको औँल्याउनुभयो । कोरोना महामारीबाट जीवन र अर्थतन्त्र जोगाउन तथा छिट्टै पुनरुन्थान गर्नेगरी बजेट आएको उहाँको टिप्पणी थियो । सम्पत्तिको अभिलेखीकरण र सार्वजनिक खरिद ऐनको संशोधन भने अझै हुन नसकेको भन्दै यसमा ध्यान दिन सरकारलाई उहाँले आग्रह गर्नुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कोरोनाविरुद्धको खोप व्यापक रूपमा लगाएर नागरिकलाई सुरक्षित गर्नसके जीवन रक्षा र अर्थतन्त्रको प्रवद्र्धनमा प्रभावकारी योगदान पुग्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *