उत्तर कोरियाले सन् २०१७ यताकै ‘सबैभन्दा ठूलो क्षेप्यास्त्र’ प्रक्षेपण गर्याे

इन्भेष्टोपेपर । माघ १६, २०७८

उत्तर कोरियाले सन् २०१७ पछि पहिलो पटक सबैभन्दा ठूलो क्षेप्यास्त्र प्रक्षेपण गरेको अनुमान गरिएको छ ।

उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट आइतवार बिहान ७:५२ बजे क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाले जनाएको बीबीसीमा उल्लेख छ । यो महिनामा उत्तर कोरियाले प्रहार गरेको यो सातौँ क्षेप्यास्त्र हो ।  

दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्का अनुसार आइतवार परीक्षण गरिएको क्षेप्यास्त्र मध्यम दूरीको बलिस्टिक क्षेप्यास्त्र (आईआरबीएम) हो। जापानी र दक्षिण कोरियाली अधिकारीहरूले उक्त क्षेप्यास्त्र आकाशमा २,००० किलोमिटरको उचाइमा र ३० मिनेट उडेर ८०० किलोमिटर पर पुगेको बताएका छन्। उक्त क्षेप्यास्त्र जापान सागरमा झरेको थियो।

केही साताअघि उत्तर कोरियाले आफूले तेस्रो पटक हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको थियो। बलिस्टिक क्षेप्यास्त्रभन्दा ती क्षेप्यास्त्र पत्ता लगाउन कठिन हुन्छ।

संयुक्त राष्ट्र सङ्घले उत्तर कोरियालाई ब्यालेस्टिक क्षेप्यास्त्र र पारमाणविक अस्त्र परीक्षण गर्न रोक लगाएको छ  । तर उत्तर कोरियाले यो प्रतिबन्ध उल्लङ्घन गर्दै आएको छ । जापान, दक्षिण कोरिया र अमेरिकाले परमाणु परीक्षणको विरोध गर्दै आएका छन् । (बीबीसीबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *