अब पोखराकाे मेयरमा एमालेबाट कृष्ण थापा, दिपक पाैडेलकाे टिकट खाेसियाे
इन्भेष्टाेपेपर । वैशाख १२, २०७९
काठमाडौं । नेकपा एमालेले पोखराको मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङको नाम टुंगो लगाएको छ । शनिबार एमाले सचिवालय बैठकले पोखराको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङको नाम टुंग्याएको थियो ।
उपमेयर मञ्जुदेवीले आफू उपमेयरमा नउठ्ने भन्दै आफ्नो दावी मेयरमा रहको बताउँदै आएकी थिइन् । उपमेयरमा भने पुनः मन्जु गुरुङ नै उम्मेद्वार बनेकी छिन् । यसअघि गुरुङले आफू उम्मेद्वार नबन्ने बताएपनि अहिले मौन छिन् ।
शनिबार पौडेललाई टिकट दिएपछि मेयरका उम्मेदवार पौडेलले पोखरामा सुनको सिक्री चोरेको भन्दै भिडियो सार्वजनिक भएपछि एमालेले फेरि उम्मेदवारबारे छलफल थालेको थियो ।
एमालेले पौडेलको ठाउँमा पूर्व मेयर तथा प्रदेशसभा सदस्य कृष्ण थापाको नाम टुंगो लगाएको हो ।
