नेपाल राष्ट्र बैंक द्वारा ४ अर्ब बराबरको नागरिक बचतपत्र जारी

इन्भेष्टोपेपर । जेष्ठ ०२, २०७७

नेपाल राष्ट्र बैंकले ९ प्रतिशत ब्याजदरमा चार अर्ब मूल्य बराबरकाे पाँचवर्षे नागरिक बचतपत्रकाे विक्री खुलाएको छ ।

नेपाल सरकारका तर्फबाट राष्ट्र ऋण व्यवस्थापन विभागद्वारा जेठ १ गतेदेखि २१ गतेसम्मका लागि ‘नागरिक बचत पत्र २०८२’ विक्री खुला गरिएको हो ।

नागरिक बचतपत्रका विशेषताहरूः

  • नागरिक बचतपत्रकाे मूल्य चार अर्ब रूपैयाँ ।
  • अवधिः ५ वर्ष
  • खरिद गर्नकाे लागि ताेकिएकाे समयः जेठ १ गतेदेखि २१ गतेसम्म ।
  • बार्षिक व्याजदर ९ प्रतिशत कायम ।
  • न्यूनतम रू. १० हजार रुपैयाँको बचतपत्र सर्वसाधारणले खरीद गर्न पाउने । यसभन्दा बढी लिन चाहनेले कुल रकमको सीमामा नबढाई रू. १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको बचतपत्र खरीद गर्न पाइनेछ ।
  • बचतपत्रको ब्याज भुक्तानी ६–६ महीनामा ।
  • बचतपत्रको ब्याजमा नियमानुसार कर लाग्ने ।
  • बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा समेत लिन पाइने ।

नेपाली नागरिकले यस्तो बचतपत्र खरीद गर्न चाहेमा बैंक तथा वित्तीय संस्थाहरू, राष्ट्र बैंकका शाखा कार्यालय तथा बेवसाइटबाट फारम भरेर बुझाउन सक्नेछन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *