कोरोना अपडेट : मृतकको संख्या ३ लाख बढी, भारत पनि चीनकै हाराहारीमा

इन्भेष्टोपेपर । जेष्ठ ०२, २०७७

विश्वभर कोभिड–१९ संक्रमणका कारण ज्यान जानेको संख्या शुक्रबार ३ लाख नाघेको छ । वल्डाेमिटरका अनुसार शुक्रबार बिहानसम्म कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर ३ लाख ३ हजार ८२ पुगेको छ । 

नेपालकाे छिमेकी मुलुक भारतमा पनि संक्रमण तीव्र रुपमा फैलिएर चिनकै हाराहारीमा पुग्न लागेकाे छ । शुक्रबार बिहानसम्म भारतमा संक्रमितको ८१ हजार ९ सय ९७ पुगेको छ भने अहिलेसम्म २ हजार ६ सय ४९ जनाको मृत्यु भएको छ ।

चीनको वुहान शहरबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोभिड–१९ संक्रमितको संख्या विश्वभर ४५ लाख २१ हजार ९ सय ८९ पुगेकाे छ । यसमध्ये हालसम्म करिब १७ लाख २ हजार संक्रमित निको भएर घर फर्किएका छन् । पछिल्लाे २४ घण्टामा ९६ हजार ३ सय ३४ जना नयाा संक्रमित थपिएकाछन ।

कोभिड–१९ बाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा मात्र एक तिहाइ भन्दा बढी संक्रमित भएकाछन । शुक्रबार विहानसम्म याे संख्या १४ लाख ५७ हजार ५ सय ९३ छ भने ८६ हजार ९ सय १२ जनाले ज्यान गुमाएका छन् अमेरिकामा ३ लाख १८ हजार भन्दा बढी निको भएका छन् ।

worldometer – 2020/05/15

अमेरिकापछि रसिया र ब्राजिलकाे संक्रमण दर निकै उच्च रहेकाे छ । पछिल्लाे २४ घण्टामा रूसमा ९ हजार ९ सय ७४ जनामा काराेना पुष्टी भउकाे छ भने ब्राजिलमा १३ हजार ७ सय ६१ जना नयाँ संक्रमित थपिएका छन । हालसम्म रूसकाे मृत्युदर कम भएतापनि ब्राजिलकाे भने तिव्ररूपले गति लिदैछ । पछिल्लाे २४ घण्टामा ८ सय ३५ जना मृतक थपिएसंगै ब्राजिलमा कुल १३ हजार ९ सय ९३ जनाकाे मृत्यु भैसकेकाेछ ।

युरोपेली राष्ट्र बेलायतमा ३३ हजार ६ सय भन्दा बढीले ज्यान गुमाएका छन् भने इटालीमा मृतक संख्या ३१ हजार ३ सय ६८ रहेको छ । फ्रान्समा २७ हजार ४ सयभन्दा बढीको मृत्यु भएको छ भने स्पेनमा २७ हजार ३ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।

कोरोना भाइरसको प्रकोप विश्वका लगभग सबैजसो देशमा छ । विश्वका ६ देशहरूमा संक्रमितहरूकाे संख्या २ लाख भन्दा बढी रहेकाे छ भने १० देशहरूमा १ लाख भन्दा बढिमा काराेना संक्रमणकाे पुष्टी भएकाे छ ।

कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा भने संक्रमण नियन्त्रणउन्मुख छ । चीनमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ हजार ९ सय २९ रहेको छ । चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३३ रहेको छ । एघाराै र बाह्राै स्थानमा चीन तथा भारत रहेका छन् ।

worldometer – 2020/05/15

काेभिड-१९ बाट मृत्यु हुनेहरकाे दर पनि निकै घटेकाे छ । एक महिना अगाडी २१ प्रतिशतसम्म रहेकाे मृत्युदर १५ प्रतिशतमा झरेकाे छ भने निकाे भएर घर फर्कनेहरू ८५ प्रतिशत रहेका छन । यसैगरि हालसम्म कायम रहेका २५ लाख १७ हजार ८ सय ३८ विरामीहरू मध्ये २ प्रतिशत सक्त (सिरीयस) रहेकाछन जुन पहिले ४ प्रतिशत रहेकाे थियाे ।

नेपालमा बिहीबार साँझसम्मको तथ्यांकअनुसार २ सय ४९ जनामा काेराना संक्रमण भएकाे पुष्टी भएकाे छ । केही दिनयता संक्रमण तीव्र रुपमा फैलिएको छ । यसकारण सरकारले लकडाउन अझ कसिलाे पारेकाे छ भने परिक्षणमा पनि तिव्रता ल्याएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *