मन्त्रीपरिषद् विस्तार : राष्ट्रपतिसमक्ष नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण
इन्भेष्टाेपेपर । माघ ३ २०७९
काठमाडौं । पाैष १० गते प्रधानमन्त्री पुष्पकमल दाहालकाे नेतृत्वमा मन्त्रीपरिषद्काे आज (मङ्गलबार) विस्तार भएको छ । नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति भवनमा नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बन्नुभएको छ । उहाँले ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुनेछ । उहाँसंगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट विक्रम पाण्डे, ध्रुब बहादुर प्रधान तथा दीपक बहादुर सिंह पनि मन्त्री तथा राज्यमन्त्री बन्नुभएकाे छ ।
आज विस्तारित मन्त्रीमण्डलमा नेकपा एमालेबाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेतीसहित ४ जना मन्त्री नियुक्त हुनुभएको छ । यसैगरि नेकपा (माओवादी केन्द्र)बाट रेखा शर्मा, अमनलाल माेदी, सुदन किराँती तथा सुशिला सिर्पालीले मन्त्री तथा राज्य मन्त्रीकाे सपथ लिनुभएकाे छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्याल, शिशिर खनालले मन्त्रीकाे जिम्मेवारी पाउनुभएकाे छ भने तोसिमा कार्की स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री बन्नुभएको छ ।
मन्त्रीपरिषद्काे कार्य विभाजन यसप्रकार रहेकाे छ ।


