आज शुक्रबार सुनचाँदीको मूल्यमा झिनाे गिरावट, ताेलाकाे कति ?

न्भेष्टाेपेपर ।  फागुन १९, २०७९

काठमाडौँ । सुनचाँदी बजारमा साताको अन्तिम कारोबारदिन छापावाल सुनको मूल्य प्रतितोला रु १ सयले घटेकाे छ । अधिल्लो दिन प्रतितोला रु १ लाख २ हजार ६ सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु १ लाख २ हजार ५ सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार छ जुन बिहीबार प्रतितोला रु १ लाख २ हजार १ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ५ ले घटेर रु एक हजार २ सय ६५ मा काराेबार भएकाे महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबारका मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *