एक झुप्पो रातो अङ्गुरको मूल्य १२ लाख रुपैयाँ !

इन्भेष्टाेपेपर ।  फागुन १९, २०७९

एक झुप्पो अङ्गुरको मूल्य बढीमा कति पर्ला ? पाँच सय वा एक हजार ? तर जापानमा एक विशेष किसिमको एक झुप्पो अंगुरको मूल्य १२ लाख रुपैयाँ सम्म पर्छ । पत्याउनु भएन ?

जापानमा मानिसहरुले १२ लाख रुपैयाँ बराबरको मूल्य तिरेर एउटा विशेष खाले अंगुरको सानो झुप्पा खरीद गर्दछन् । रुबी रोमन जातको.यो अंगुरको एउटा गेडाको वजन करीब २० ग्राम हुन्छ । एउटा झुप्पोमा झण्डै २४ अंगूरको रंग हरियो वा कालो नभई पूर्णरुपमा रातो हुन्छ ।

धनीको फल भनेर पनि चिनिने यो अंगूर जापानको इशिकावा प्रान्तको सरकारी निकायले विकास गरेको हो । खानमा निकै स्वादिलो यो रातो अंगुर जापानमा लग्जरी फलको श्रेणीमा पर्दछ । शुभ अवसरमा उपहार दिनको लागि यो अंगुरको विशेष प्रयोग हुने गर्दछ । सजिलैसँग नपाइने भएकाले पनि यसको बजारमा लिलामी समेत हुने गरेको छ ।

लिलामीकै क्रममा एक होटल कम्पनीले एक झुप्पो अंगुर ११ हजार डलरमा खरीद गरेको थियो ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *