आज मार्च २१, विश्व कविता दिवस : विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै

इन्भेष्टोपेपर । चैत्र ०७ २०७८

काठमाण्डाै । प्रत्येक वर्षकाे मार्च २१ तारिखलाइ विश्व कविता दिवस घाेषणा गरिएकाे छ । आज विश्वभर विश्व कविता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

सन् १९९९ मा संयुक्त राष्ट्र सङ्घको शैक्षिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोले मार्च २१ तारिखलाई विश्व कविता दिवसका रुपमा मनाउने घोषणा गरेपछि दिवस मनाउन थालिएको हो ।

आज नेपालमा पनि विभिन्न साहित्यिक संस्थाले विशेष कार्यक्रम गर्दैछन् । कविताले मानिसको वाक स्वतन्त्रतालाई बल पुर्याउने भएकाले समृद्ध समाजका लागि कवितालाई महत्त्वपूर्ण मानिन्छ । विश्व कविता दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य विभागले विशेष कवि गोष्ठी गर्दैछ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *