साताकाे अन्तिम दिन सुनको मूल्यमा नयाँ रेकर्ड कायम

न्भेष्टाेपेपर । जेठ १९, २०८०

काठमाडौं ।  साताको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । बिहीबार प्रतितोला एक लाख १२ हजार पाँच सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य थप आठ सय रुपियाँले बढेको हो ।

शुक्रबार सुन प्रतितोला एक लाख १३ हजार तीन सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा आठ सय रुपियाँले बढेर एक लाख १२ हजार ७५० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसैगरी, शुक्रबार चाँदी तोलामा २५ रुपियाँले बढेर एक हजार ४३५ रुपियाँ पुगेको छ । बिहीबार चाँदी एक हजार ४२० रुपियाँमा कारोबार भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *