सिटिजन्स बैंकका ग्राहकलाई ब्लुबर्ड क्लिनिकमा छूट

न्भेष्टाेपेपर । जेठ १९, २०८०

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको थापथलीस्थित ब्लुबर्ड इन्टरनेसनल क्लिनिकबीच बैंकका कार्डवाहक ग्राहकलाई विशेष छूट दिने सहमति भएको छ ।

सम्झौताअनुसार बैंकका कार्डवाहकले क्लिनिकमा १० प्रतिशतसम्मको छूट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंककोे छ ।

बैंकले डिजिटल बैंकिङको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको बताएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *