तीजको अवसरमा “प्रभु ऐश्वर्या योजना”मा नारीहरुलाई बिशेष छूट

इन्भेष्टाेपेपर ।  भाद्र १४, २०७९

काठमाण्डाैँ । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्र्तगतको प्रोडक्टहरु मध्ये “प्रभु ऐश्वर्या योजना” मा पिएमएस सेवा लिदा एक बर्षका लागि वार्षिक सेवाशुल्क नलाग्ने अफर ल्याएको छ ।

“यो तीजमा प्रभु क्यापिटलको उपहार, एएमसीमा छूटको बहार” भन्ने नारासाथ शुरु हुने यो अफर यही भाद्र १४ गते हरितालिका तीजका दिनदेखि ३१ भाद्र २०७९ सम्म सञ्चालनमाआउने जनाएको छ ।

यो अवधिभित्र यसलगानीव्यवस्थापन सेवामाआबद्वहुने दिदीबहिनीहरुलेएक वर्षका लागि वार्षिक सेवा शुल्कमा १०० % नै छूट पाइने प्रभु क्यापिटलले जनाएको छ ।

यो योजनामा यस अघि क्यापिटलले २ प्रतिशत वार्षिक सेवाशुल्कमा दिदीबहिनीहरुलाई लगानीका लागि प्रोत्साहन गर्न ५० % छुट दिई १ प्रतिशत मात्र एएमसी लिने गरेको थियो भने सोही शुल्कमा अब अफर अवधि भित्र यो योजनामा सहभागी भएकालाई एक वर्षका लागि कुनै शुल्क नलिने भएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *