कोरोना संक्रमणबाट पाकिस्तानका एक मन्त्रीको मृत्यु

इन्भेष्टोपेपर ।  जेष्ठ  २१, २०७७

कराँची । कोरोना भाइरसको संक्रमणबाट पाकिस्तानमा एक मन्त्रीको मृत्यु भएको छ। सिन्ध प्रान्तका मानव संसाधन मन्त्री गुलाम मुर्तजा बलोचको मंगलबार कोरोना संक्रमणबाट मृत्यु भएको हो।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार मन्त्री बलोचको उपचार कराँचीस्थित एक निजी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भइरहेको थियो। मन्त्रीको मृत्युको खबर सिन्ध प्रान्तका मुख्यमन्त्री मुरद अली शाहले शोक व्यक्त गर्दै जानकारी गराएका हुन्।

‘कोरोनाबाट बलोचको निधन भएको छ’, मुख्यमन्त्री शाहले भनेका छन्, ‘उनी पार्टीका मेहनती र कर्मठ सदस्य थिए। उनको प्रतिस्थापन गर्न कठिन हुनेछ।’ अक्टोबर २०१८ देखि मन्त्री रहेका बलोचलाई मे १४ मा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो।

— एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *