भूपु अध्यक्ष कर्मालाई हराउँदै एन्फा अध्यक्षमा पंकज निर्वाचित

इन्भेष्टाेपेपर ।  असार ७, २०७९

काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित हुनुभएको छ । एन्फाको सोमबार काठमाडौंमा भएको २१औं चृुनावी साधारण सभाबाट पंकज कर्माले भन्दा ६ मत बढी ल्याई निर्वाचित हुनुभएको हो । 

कर्मा यसअघि अध्यक्ष हुनुहुन्थ्यो भने पंकज वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । एन्फा निर्वाचनमा खसेको कूल ८४ मत मध्ये पंकजले ४५ र कर्माले ३९ मत प्राप्त गर्नुभयो । अध्यक्षको अर्का उम्मेदवार राजिव पौडेलले भने एक मत पनि पाउनु भएन ।

एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, १३ खुला सदस्य र दुई महिला सदस्य गरी २१ पदाधिकारीका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष र ताीन उपाध्यक्षमा नेम्वाङ प्यानलका उम्मेदवार विजयी हुँदा शेर्पा प्यानलका एक उम्मेदवार विजयी हुनुभएकाे छ ।

महिला सदस्यमा दुवै प्यानलका एक–एक उम्मेदवार विजयी हुनुभएकाे छ । १३ खुल्ला सदस्य पदका लागि भएको निर्वाचनले ११ जना मात्रै चयन गरेको छ । नेम्वाङ प्यानलबाट ६ तथा शेर्पा प्यानलबाट ५ सदस्य विजयी भएका छन् । चार जना सदस्यका उम्मेदवारको समान ३९–३९ मत भएपछि दुई सदस्यको टुङ्गो लागेको छैन ।

एन्फाको कार्यकाल चार बर्षको रहनेछ । कर्मा र  पंकज समूहले सबै पदमा प्यानल सहित उम्मेदवारी दिनुभएको थियो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *