विश्वमा सबैभन्दा धेरै सुन भएका १० देशहरु

Investopaper, श्रावण २३, २०७६

पहेलाे धातु सुन विश्वका महंगा धातुहरु मध्येको एक हो । यो व्यक्तिको मात्र होइन मुलुककै सम्पत्तिको सूचकको रुपमा पनि रहने गरेको छ । विश्वका धनी देशहरुसँग प्रसस्त मात्रामा सुनको भण्डारण रहेको छ । बर्तमानमा अकाशिएकाे सुनकाे मूल्यले अझ यी देशहरूकाे सम्पत्ति बढाइरहेकाे छ ।

अझ राेचक कुरा त के छ भने एक्लाे अमेरिकासंग विश्वका धेरै सुन भएका दश देशमध्ये पुच्छारका ७ देशहरूसंग भएकाे सुनकाे परिमाण बराबरी सुनकाे भण्डारण रहेकाे छ । अमेरिकासंग दाेश्राे देश जर्मनी भन्दा करीब २.५ गुणा बढी सुनकाे भण्डारण छ । धेरै सुन भण्डारण गर्ने देशहरूमा त यस्ताे अन्तर छ भने अन्य देशकाे हालत कस्ताे हाेला ? सहजै अनुमान गर्न सकिन्छ ।

विश्वमा सबैभन्दा धेरै सुन रहेका १० देशहरु यस प्रकार छनः

अमेरिका :

संयुक्त राज्य अमेरिका विश्वमा सबैभन्दा धेरै सुन भण्डारण रहेको देशको सूचिमा पहिलो नम्बरमा छ । अमेरिकासँग ८ हजार १३३ दशमलब ५ टन सुन रहेको छ । यसै कारणले पनि विश्वमा अमेरिकी अर्थतन्त्रकाे दबदवा चलिरहन्छ ।

जर्मनी :

सबैभन्दा धेरै सुनको धनी रहेको मुलुकको दोश्रो स्थानमा जर्मनी रहेको छ । वल्ड गोल्ड काउन्सिलका अनुसार जर्मनीको स्वामित्वमा ३३ सय ८१ टन सुन रहेको छ । जर्मनी सबैभन्दा धेरै सुन रहेको युरोपेली मुलुक पनि हो ।

इटाली :

सबैभन्दा धेरै सुन रहेको मुलुकको तेश्रो स्थानमा इटालीकाे नाम आउंछ । इटालीसँग २४ सय ५२ टन सुन रहेको छ ।

फ्रान्स :

ढुकुटीमा सबैभन्दा धेरै सुन रहेको मुलुकको चौथो स्थानमा फ्रान्स रहेको छ । फ्रान्ससँग २४ सय ३६ टन सुन रहेको छ ।

चीन :

विश्वमा सबैभन्दा बढी जनसंखाया भएकाे देश चीनमा धेरै सुन रहेको मुलुकको गणनामा भने पाँचौ स्थानमा रहेको छ । विश्व सुन परिषदका अनुसार चीनसँग १७ सय ६२ टन सुन रहेको छ ।

रुस :

क्षेत्रफलको आधारमा विश्वको सबैभन्दा ठूलो मुलुक रुस सुनको मामिलामा चाहीँ छैटौँ स्थानमा रहेको छ । रुससँग १३ सय ९३ टन सुन रहेको छ ।

स्विजरल्याण्ड :

युरोपेली मुलुक स्विजरल्याण्ड बढि सुन रहेको देशको सूचिमा सातौँ स्थानमा रहेको छ । स्विजरल्याण्डसँग १ हजार ४० टन सुन रहेको छ ।

जापान :

आठौँ स्थानमा रहेको जापानसँग ७६५ टन सुन रहेको छ । जापानसँग सन् १९५० मा केवल ६ टनमात्र सुन थियो ।

नेदरल्याण्ड :

ढुकुटीमा सबैभन्दा धेरै सुन रहेको मुलुकको नवौँ मुलुक नेदरल्याण्ड हो । जहाँ ६१२ टन सुन रहेको छ ।

भारत :

ढुकुटीमा सुन रहेको मुलुकको दशौँ स्थानमा भारत रहेको छ । भारतसँग ५५७ दशमबल ७ टन सुन रहेको छ । रोचक त के भने भारत सरकार सँग आधिकारिक रुपमा रहेको सुनको परिमाण भन्दा भारतका जनता तथा मन्दिरहरुमा रहेको सुनको परिमाण धेरै छ ।

  • एजेन्सीको सहयोगमा

** सावधान नक्कली सुन हुनसक्छ ? यस्ता छन चिन्ने तरिकाहरू

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *