उपत्यकाका दस स्थानमा पार्क निर्माण गरिँदै

न्भेष्टाेपेपर ।  पुष १८, २०७९

काठमाडौँ ।  काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकाका तीन जिल्लाका विभिन्न १० स्थानमा पार्क निर्माण गर्ने भएको छ। विपत् व्यवस्थापन तयारीका लागि निर्माण गर्न लागिएका ती पार्क बहुउद्देश्यीय हुने प्राधिकरणले जनाएको छ। 

प्राधिकरणका इन्जिनियर तथा सूचना अधिकारी सौरभ ढकालका अनुसार काठमाडौँको शङ्खरापुर नगरपालिकाको शालिनदी, कागेश्वरी मनोहरा नगरपालिकाको कागेश्वरी र नवतनधाम र कीर्तिपुर नगरपालिकाको चम्पादेवीमा पार्क निर्माण हुनेछ।

त्यस्तै ललितपुर महानगरपालिकाको वडा नं. १३ स्थित मच्छिन्द्र उद्यान, वडा नं. २१ को पञ्चोद्यान, वडा नं. २७ को बालकुमारी उद्यानमा बनाइने पनि प्राधिकरणले जनाएको छ।  महानगरपालिका वडा नं. २५ को सैंबु भैँसेपाटीको सार्वजनिक जग्गालाई संरक्षण गर्दै पार्क बनाउन लागिएको छ। 

प्राधिकरणले महालक्ष्मी नगरपालिका वडा नं. ८ स्थिति लुभु माध्यमिक विद्यालय पछाडिको ढुङ्गेटोलमा पनि बहुउद्देश्यीय पार्क निर्माणका लागि योजना बनाएको छ। 

उद्यान निर्माण कार्यक्रमअन्तर्गत भक्तपुर नगरपालिकाका र स्थानीय निकायको सहकार्यमा हरियाली प्रवद्र्धन गर्ने कार्यक्रम रहेको छ। प्राधिकरणका सूचना अधिकारी ढकालले ती पार्क बनाउन करिब १० करोड रुपियाँ विनियोजन गरिएको जानकारी दिनुभयो। याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *