पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठ सम्मानित
इन्भेष्टाेपेपर । पुष १८, २०७९
काठमाण्डाैँ । पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठलाई सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनबाट Lifetime Achievement Award – 2022 नामक सम्मान प्राप्त भएकाे छ । उक्त सम्मान २०७९ पौष १४ गते एक विशेष समारोहमा प्राप्त गर्नुभएको पञ्चकन्या परिवारले जनाएकाे छ ।
यस पुनित अवसरमा पञ्चकन्या परिवारले अध्यक्षको उत्तरोत्तर प्रगति, दिर्घायु र सुस्वास्थ्यको कामना गर्दै उहाँले उद्योग व्यवसायको क्षेत्रमा पु¥याउनु भएको अमूल्य योगदान प्रति आभारी हुँदै उहाँलाई हार्दिक बधाई तथा मंगलमय शुभकामना अर्पण गरेकाे छ ।
