आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली

न्भेष्टाेपेपर ।  वैशाख २, २०८०

आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली छ । अहिले स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मौसम धुम्म छ ।

मौसम धुम्म भए पनि अबका तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । काठमाण्डौमा उच्चतम तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ । न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ ।

आज दिउँसोपख पहाडी केही क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी थोरै ठाउँमा र अरु बाँकी पहाडी एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली नै रहनेछ । भोलि र पर्सि तराई क्षेत्रका थोरै ठाउँहरुमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *