वैशाखभरि आइएमईको ‘७ मा ७’ अफर

न्भेष्टाेपेपर ।  वैशाख २, २०८०

काठमाडौं । आइएमईले नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७, तपाईको मेहनतमा हाम्रो साथ’ योजना सार्वजनिक गरेको छ ।

विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट एक जनाका दरले सात प्रदेशका सात जना गरी ४ हप्ताका कुल २८ विजेतालाई उपहार स्वरूप जनही ७ हजार रुपैयाँ प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । योजना २०८० वैशाख १ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

विदेशमा रहेका नेपालीले आइएमई वा आइएमईका साझेदारमार्फत पठाएको रकम आइएमई पे, बैंक डिपोजिट तथा आइएमई एजेन्टबाट प्राप्त गरी यस योजनामा सहभागी हुन सक्ने कम्पनीले जानकारी दिएको छ । योजना अवधिभर ७ प्रदेशबाट २८ जना भाग्यशाली विजेताको घोषणा सिस्टममा आधारित लक्की ड्रमार्फत गरिने बताइएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *