कामना सेवा विकास बैंक र नमस्ते पे बीच साझेदारी

इन्भेष्टोपेपर । पुष २६, २०७८

काठमाण्डाैँ । कामना सेवा विकास बैंक लिमिटेड र नमस्ते पे बिच नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिण बस्नेत र नमस्ते पे का प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारीले संयुक्त रुपमा हस्ताक्षर गर्नु भएको हो ।

यस सुविधा मार्फत बैंकको मोबाइल बैकिङ सेवा लिएका ग्राहकहरुले आफ्नो खातामा रहेको रकम मोबाइल बैकिङ मार्फत नमस्ते पे मा फण्ड लोड गरी क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, विद्युतय महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टप अप गर्ने लगायत अन्य विभिन्न भुक्तानीहरुको सुविधा लिन सक्नुहुनेछ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र १ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *