मुक्तिनाथ रेमिटको भुक्तानी आईसिएफसि फाईनान्सबाट
इन्भेष्टोपेपर । आश्विन २३, २०७८
मुक्तिनाथ विकास बैंक लि.को रेमिट सेवा मुक्तिनाथ रेमिटको भुक्तानी अब आई सि एफ सि फाईनान्सको शाखा कार्यालयहरुबाट लिन सकिने भएको छ ।
मुक्तिनाथ विकास बैंक लि र आई सि एफ सि फाईनान्स बिच भएको सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट यस बंैकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गरुङ्ग र आई सि एफ सि फाईनान्सको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंक लि.को रेमिट सेवाको भुक्तानी आई सि एफ सि फाईनान्सको २० शाखा बाट सजिलै लिन सकिने छ । यसबाट मुक्तिनाथ रेमिटका ग्राहकहरुलाई रेमिट भुक्तानीका लागि अझ बढि सुविधा मिल्ने बैंकको विश्वास रहेको छ । मुक्तिनाथ रेमिटले आफ्नो कारोबार देशभरी रहेका ४५०० भन्दा बढि भुक्तानी केन्द्रबाट गर्दै आईरहेको छ ।
