पटकपटक खराव सपना देख्ने मानिसहरुको स्मरणशक्ति गुम्ने खतरा

इन्भेष्टाेपेपर ।  असाैज १८, २०७९

मानिसहरूले सपना देख्नु सामान्य कुरा हो र सुतेकाे समयमा विभिन्न प्रकारमा सपना देखिन्छन । तर कहिलेकाँही दुस्स्वप्न (खराब सपना) देखिन्छन, जसकारण मान्छेहरु बीच निद्राबाट अचानक ब्युझिन्छन् ।

सपना सम्वन्धि हालै गरिएकाे एक अध्ययनले डरलाग्दो नतिजा देखाएको छ । अध्ययनका अनुसार ३५ देखि ६४ वर्षको उमेरभित्र हप्तामा चार दिन दुस्स्वप्न देख्ने मानिसहरुको स्मरणशक्ति गुम्ने खतरा बढ्छ ।

बेलायतको बर्मिङ्घम विश्वविद्यालयले हालै गरेको अनुसन्धानले डरलाग्दो तथ्य देखाएको हो । अध्ययनका अनुसार दुस्स्वप्नले गम्भीर न्यूरोलोजिकल विकारहरूको जोखिम बढाउँछ । विशेष कुरा के छ भने ७९ वर्षभन्दा माथिका ५ प्रतिशतले मात्रै दुस्स्वप्न देख्छन् ।

सोही समयमा, ४१ प्रतिशत महिला र ५९ प्रतिशत पुरुषहरू दुस्स्वप्नबाट प्रभावित छन् । अध्ययनले यसलाई केन्द्रीय स्नायु प्रणालीको विकार हो भनेर देखाएको छ । यसले तपाईंको दैनिक जीवनलाई असर गर्दछ । प्रायस् मानिसहरूलाई यस्तो बेलामा हात–खुट्टामा कम्पनको समस्या हुन्छ ।

अनुसन्धानले पत्ता लगाए अनुसार हप्तामा कम्तिमा एक पटक खराब सपना देख्ने मानिसहरूले अर्को एक दशक (१० वर्षमा) मा स्मरणशक्ति गुमाउन सक्छन् । त्यस्ता मान्छेहरुमा सोको जोखिम चार गुणा बढी हुन्छ । अर्कोतर्फ, बुढाबुढीहरूले दुस्स्वप्न देख्दा स्मरणशक्ति हराउने सम्भावना दोब्बर रहन्छ ।

अनुसन्धानमा ६०० भन्दा बढी मध्यम उमेरका वयस्क र ७९ वर्षभन्दा माथिका २,६०० व्यक्तिहरूले भाग लिएका थिए । पछिल्लो अनुसन्धानमा युवावस्था र मध्यम उमेरका महिलाहरूमा दुस्स्वप्नहरू धेरै सामान्य हुने देखिएको थियो । तर पुरुषहरू उमेर बढ्दै जाँदा डरलाग्दो सपनाहरूको जोखिममा पर्दछन् ।

स्मरणशक्ति गुम्ने खतरा अध्ययनका प्रमुख लेखक डा अबिदेमी ओटाइकुले कहिलेकाहीँ खराब खानपान, व्यायामको कमी, धुम्रपान र अत्याधिक मदिरा सेवनले गर्दा पनि स्मरणशक्ति घट्ने खतरा हुने बताउनुभयो । उहाँका अनुसार प्रारम्भिक लक्षणहरू पत्ता लगाएर यसलाई पूर्ण रूपमा निको पार्न सकिन्छ ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *