घरमा मयूरको प्वाँख राख्नाले हटनेछन् यस्ता दाेष !

इन्भेष्टाेपेपर ।  असाैज १८, २०७९

काठमाडौं । मयूरको प्वाँख हेर्नलाई जति सुन्दर छ, त्यति नै मनमोहक पनि हुन्छ । मयूरको प्वाँखबिना श्रीकृष्ण भगवानको पूजा अधुरो रहन्छ ।

घरमा मयूरको प्वाँख राख्नाले अशुभ शक्ति नष्ट हुने विश्वास गरिन्छ । ज्योतिषशास्त्रका अनुसार श्रीकृष्णको मनपर्ने वस्तु मयूरको प्वाँख साथमा राख्ने गर्दा ठूलो कठिनाइबाट मुक्ति पाउन सकिन्छ । मयूरको प्वाँखको फाइदाहरू बारे जान्नुहोस् ।

शत्रुमाथि विजय

यदि तपाई कुनै विशेष व्यक्तिबाट हैरान हुनुहुन्छ भने मंगलबार वा शनिबार मयूरको प्वाँखमा सिन्दुरले हनुमान जीको नाम लेख्नुहोस् । त्यसलाई रातभर पूजा गर्ने ठाउँमा राख्नुहोस् र भोलिपल्ट बिहान बग्ने पानीमा डुबाउनुहोस्। ध्यान राख्नुहोस्, यो प्रक्रिया गोप्य रूपमा गर्नुपर्छ । त्यस उपायले शत्रु पनि मित्र बन्ने विश्वास रहेको छ ।

धन आर्जन

धन आर्जनका लागि मयूरको प्वाँखको चाल निकै प्रभावकारी हुन्छ । त्यसका लागि राधाकृष्ण मन्दिरमा मयूरको प्वाँख चढाउनुपर्छ । त्यसलाई दैनिक पूजा गर्नुहोस् र ४० दिनपछि यसलाई आफ्नो धन राख्ने दराज वा धनको स्थानमा राख्नुहोस् । यसो गर्नाले धन वृद्धिसँगै लामो समयदेखि रोकिएका काम पूरा हुन्छन् ।

कालसर्प दोष

पौराणिक मान्यता अनुसार श्रीकृष्णले कालसर्प दोषबाट छुटकारा पाउन मुकुटमा मयूरको प्वाँख पनि लगाएका थिए । मयुरको सर्पसँग शत्रुता हुने भएकाले कालसर्प दोषबाट पीडित व्यक्तिले ७ वटा मयूरको प्वाँख सिरानीमा राखेर सुत्नुपर्छ । यो युक्ति कालसर्प दोष हटाउन प्रभावकारी हुन्छ ।

ग्रह शान्ति

ग्रहको अशुभ प्रभावलाई कम गर्न मयूरको प्वाँखमा जल छर्कने र मन्त्रको २१ पटक जप विशेष हुन्छ । त्यसलाई पूजास्थलमा राख्नुहोस्, केही दिनमा चमत्कारी परिणाम देखिनेछ ।

नजरदोष

नवजात बालबालिकाको दृष्टि धेरै हुन्छ, यस्तो अवस्थामा बालबालिकालाई नराम्रो नजरबाट जोगाउन मयूरको प्वाँख चाँदीको ताबीज (जन्तर) मा हालेर टाउकोमा राख्ने गर्नुपर्छ । यसले डर पनि हटाउँछ ।

सर्प तथा अन्य विषालु जीवहरु घरमा प्रवेश नगर्ने

घरमा मयुरको प्वाँख राख्दा सर्प तथा अन्य विषालु जीवहरु घरमा प्रवेश नगर्ने तथा शत्रुबाट हुने हानि नोक्सानीको संकटपनि टरेर जानेगर्दछ। त्यसैगरी, प्वाँखमा शत्रु वा विरोधीको नाम लेखेर खोलामा बगाउँदा शत्रु तथा विरोधी परास्त हुने गर्दछन्।

राहु ग्रह समन गर्न

यदि कसैको राशिमा राहु ग्रहले निकै हावी गरेको छ भने उनीहरुले मयुरको प्वाँख राख्दा राहुको नकारात्मक प्रभाव हटेर जाने गर्दछ। यसलाई घरमा वा आफुले दैनिक बोक्ने झोला वा पर्समा राख्दा हुन्छ।

घरमा मयुरको प्वाँख राख्दा दक्षिण–पूर्व कोणमा राख्दा अत्याधिक लाभ हुनुका साथै घरमा अचानक आउने संकटहरु पनि हटेर जाने गर्दछन्।

— एनेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *