बलेफी हाइड्रोलाई १ः१ हकप्रद निष्कासन गर्न सेबाेनबाट अनुमति

न्भेष्टाेपेपर । कात्तिक ५, २०८१

काठमाडौं । नेपाल धितोपत्र बोड सेबोनले बलेफी हाइड्रोपावर लिमिटेडलाई शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ । सेबोनले कम्पनीलाई कात्तिक ४ गते हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो ।

अनुमति पाएसँगै कम्पनीले १ करोड ८२ लाख७९ हजार ७ सय कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हकप्रद शेयर निष्कासनकाे विक्री प्रबन्धकमा एनआईएमबि  एस क्यापिटल लिमिटेड रहेको छ । 

हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ८२ करोड भन्दा बढी रहेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी रू. ३ करोड ६५ लाख भन्दा बढी पुग्नेछ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *