पेट्राेल, मट्टीतेल र डिजेलकाे मूल्य घट्याे, अरूकाे यथावत

न्भेष्टाेपेपर । जेठ १९, २०८१

काठमाडौँ ।  नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा ३ रुपियाँ, मट्टीतेल र डिजेलमा १–१ रुपियाँ मूल्य घटाएको हो । 

अब काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १६८ रुपियाँ पर्नेछ भने  मट्टीतेल र डिजेललाई १५३ रुपियाँ तिर्नुपर्नेछ ।

यसअघि पेट्रोलको १७१ र मट्टीतेल र डिजेलको मूल्य १५४ रुपियाँ थियो । घटेको मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने निगमले विज्ञप्तिमार्फत् जानकारी गराएको हो । निगमले एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *