शान्ति श्री परियार र रामजी खाडको आवाजमा आयो ‘पिपलु पात फर फर’

इन्भेष्टोपेपर । आश्विन २२, २०७

काठमाण्डाैँ । नेपाली लोक संगीतका धरोहर, लोक संगीतका साधक एकनारायण भण्डारीको उत्कृष्ट लोकदोहोरी गीत ’पिपलु पात’ बजारमा आएको छ। गीतमा दोहोरी क्षेत्रकै लोकप्रिय गायक रामजी खाड र शान्ति श्री परियारको सुमधुर आवाजमा रहेको गीतमा निकै प्रेमका शब्दहरु उनिएको छ।

एक प्रेमी र प्रेमिकाको कथा भित्र रहेको यो गीत आम नेपालीको मनमा बस्ने पक्का छ। रामजी खाड र एकनारायण भण्डारी आज भन्दा झन्डै १५ बर्ष अगाडी देखिका सहकार्यका सहयात्री हुन्। बिचमा दुबैको सहकार्य खासै थिएन तर धेरैपछि दुइ बिचको सहकार्य दोहोरीएको हो।

यस म्यूजिक भिडियोमा रामजी खांड र महिला पात्रमा उसा उप्रेती अभिनय देख्न सकिन्छ। गीतमा निर्देशन भने प्रकाश भट्टले गर्नुभएकाे छ। यसैगरि सिनेमेटाेग्राफी नवराज उप्रेतिकाे रहेकाे छ भने सम्पादन विष्णाे शर्माले गर्नुभएकाे छ । याे गीत सीतारा म्युजिक प्राली मार्फत बजारमा आएको छ। 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *