भृकुटी मण्डपमा प्लाष्टिक प्रदर्शनीको आयोजना हुने

इन्भेष्टाेपेपर ।  जेठ १०, २०७९

काठमाण्डाैँ । प्लाष्ट नेपाल फाउण्डेशनले यहि आगामी जेष्ठ महिनाको १२, १३ र १४ गते काठमाण्डौंको भृकुटी मण्डपमा “Plast Nepal 2022” नामको प्लाष्टिक प्रदर्शनीको आयोजना गर्ने भएकाे छ ।

यस फाउण्डेशनले गर्न लागेको यो प्रदर्शनी यस किसिमको तेस्रो संस्करणको प्रदर्शनी हुनेछ । पहिलो संस्करणको यस्तो प्रदर्शनी यस अघि २०७१ र दोस्रो संस्करण २०७५ मा सफलतापूर्वक आयोजना भएको थियो ।

अब हुन लागेको तेस्रो संस्करणको यो प्लाष्टिक प्रदर्शनीमा नेपालका प्रमुख प्लाष्टिक उद्योगहरु र छिमेकी मुलुक भारत लगायत अन्य देशका समेत करिब ५,००० वटा प्लाष्टिक उद्यमी व्यवसायीहरु र करिव १००,००० उद्योगी, व्यवसायी र अन्य दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएकोे छ ।

प्रदर्शनीमा प्लाष्टिकजन्य उत्पादनहरु, यसका कच्चा पदार्थहरु र मेशिन उपकरणहरु समेतका विभिन्न १२६ वटा स्टलहरु राखिने छन् । प्लाष्ट नेपाल फाउण्डेशनका उपाध्यक्ष विवेक तातेडको संयोजकत्वमा मेला तयारी तथा आयोजक कमिटी गठन गरिएको छ ।

प्लाष्ट नेपाल, नेपाली प्लाष्टिक उद्यमीहरुको छाता संगठन हो, र हामीले नेपालमा प्लाष्टिकको दिगो वृद्घिको लागि निरन्तर काम गरिरहेका छौँ । नेपाली उत्पादनलाई प्राथमिकता दिने देखि, प्लाष्टिकको रिसाइकल र फोहोर व्यवस्थापनमा सबैतिर यस संस्थाले सरकार र उद्योगीहरु सँग मिलेर काम गरिरहेको छ ।

नेपालमा प्लाष्टिक उद्योग व्यवसायको प्रवर्धन गरी उपभोक्ताहरुलाई गुणस्तरीय तथा सुलभ तरिकाले प्लाष्टिकजन्य वस्तुहरु उपलव्ध गराउन यस मेलाले सकारात्मक भुमिका खेल्ने अपेक्षा गरिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *