भरतपुर महानगरको मेयरमा पुनः रेनु दाहाल निर्वाचित

इन्भेष्टाेपेपर ।  जेठ १०, २०७९

काठमाण्डाैँ । सबैकाे चासाेकाे विषय रहेकाे भरतपुर महानगरको मेयरमा दोस्रो कार्यकालको लागि पाँच दलीय गठबन्धनको साझा उम्मेदवार माओवादी केन्द्रकी नेतृ रेनु दाहाल निर्वाचित हुनुभएको छ । भरतपुरमा खसेको १ लाख २७ हजार ५०८ मतमा दाहालले ५२ हजार ३० मत प्राप्त गर्नुभएको छ ।  

 उहाँको निकटतम प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३९ हजार ५ सय ८१ मत प्राप्त गर्नुभएको छ ।  मेयरमा दाहाल १२ हजार ४ सय ४९ मतान्तर सहित विजय हुनुभएको हो । यस्तै मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत ल्याउनुभएको छ । 

यस्तै महानगरको उपमेयरमा गठबन्धनकै साझा उम्मेदवार नेपाली काङग्रेसका उम्मेदवार चित्रसेन अधिकारी भारी मतका साथ विजयी हुनुभएको छ । उहाँ आफ्नो प्रतिस्पर्धि राप्रपाको उम्मेदवार हिमला गुरुङसँग २२ हजार १ सय ९१ मतान्तरले विजयी हुनुभएको हो । उपमेयरमा अधिकारीले  ५२ हजार ८ सय ३ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी गुरुङले ३० हजार ६ सय १२ मत ल्याउनु भएको छ । 

महानगरपालिकाको २९ ओटा वडाहरुमध्ये नेपाली कांग्रेसले १६ ओटा वडामा जित हासिल गरेको छ भने नेकपा एमालेले ६ वटा वडामा जित प्राप्त गरेको छ । 

यस्तै नेकपा माओवादी केन्द्रले ३ ओटा वडा तथा नेकपा (एकीकृत समाजवादी)ले ३ वटा वडा जित्न सफल भएको छ । वडा नम्बर २५ मा भने वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार छबिलाल सापकोटा विजयी हुनुभएकाे छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *