प्राइम लाइफले गर्याे लाभांश घोषणा : बाेनस कति ?
इन्भेष्टोपेपर । फागुन २७, २०७६
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७४/७५ को कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांशकाे घाेषणा गरेको छ।
इन्स्योरेन्सको फागुन २३ गते शुक्रबार बसेको सञ्चालक समितिको १३२ औं बैठकले आर्थिक वर्ष २०७४/७५ सम्मको मुनाफाबाट सोही आवको लागि शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले प्राप्त गर्नेछन्। बोनस वितरणपश्चात कम्पनीकाे चुक्ता पूँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।

