मार्मिक कविता : आफ्नो घर
-- ईश्वर पाेखरेल (नेता, नेकपा एमाले)
आफ्नो घर
अग्रजहरूको–
रगत पसिनाले सिंचित जगमा।
मिहिनेतले–
बनाएको आफ्नै घर।
सभ्यता र संस्कृतिको–
प्रतीक बनेको आफ्नै घर।
सौभाग्यको पर्याय रहेको हाम्रो घर!
भाग्य र भविष्यको प्रतीक हाम्रो घर!
बिडम्वना!
कुनैबेला त्यही घरमा
बिरानो जस्तो बन्यौं– हामी,
हराएको जस्तो बन्यौं र बनाइयौं– हामी!
साँच्चै भनौं–
सभ्यता र संस्कृति सुरक्षित रहन्न कि भन्ने लाग्यो
भाग्य र भविष्यलाई कालो बादलले ढाक्छ कि भन्ने लाग्यो!
सौभाग्य लुटिए जस्तो लाग्यो
बाँच्न मुश्किल नै पर्छ कि भन्ने लाग्यो!
आज त्यही घरमा पुगेकाछौं!
मेरो प्रिय घर!
यही घरबाट आफ्नै अर्थी निस्कियोस्– मलाइ मन्जूर छ
तर सौभाग्यलाई चुक्न दिनेछैन
स्वाभिमानलाई झुक्न दिनेछैन!
सभ्यता र संस्कृतिको रक्षाका लागि
झण्झावातसित जुध्न मन्जूर छ
तर , म हराउन सक्तिन– मेरो घर!
म छोड्न सक्तिन मेरो घर !!
(माधव नेपाल समूहसंगकाे वार्तापछि)
