वर्तमानकाे यथार्थ बाेकेकाे गीत ‘कुर्सी तानातान’ सार्वजनिक
इन्भेष्टोपेपर । असार १२, २०७८
नेपाली राजनीतिक वृत्तमा देखिएको विकृति र काराेना महामारीले जनजीवनमा परेकाे दुखकष्टलाई समेटेकाे समसामयिक गीत ‘कुर्सी तानातान’ सार्वजनिक भएको छ। यस गीतमा उदियमान गायक रवि ओड र गायक राजेश बर्देवाको स्वर रहेकाे छ । साथै विपना अधिकारी र रेजिना परियारले स्वरमा साथ दिएका छन्।
गीतमा जनताको मत लिएर नेता भएकाहरूको गतिविधिलाई नियाल्दै इतिहासले धिकार्ला है भनेर सजग बनाइएकाे छ।
गल्ती गयौं जानाजान सधैं कुर्सी तानातान
विचार गर नेताज्यु इतिहासले थुक्ला ।
प्रतिभा चापागाईं तथा एलपी धमलाको शब्द रहेको गीतमा राजेशले संगीत र सगीत संयोजन गरेका छन्। गीतको भिडियोमा पनि गायकगायिकालाई देख्न सकिन्छ। शिला क्षत्रीको निर्देशन रहेको भिडियोमा अनिल विष्टको छायांकन र सम्पादन छ।
