जीवन संगिनी विद्या भट्टराई द्वारा लिखित कविताः
“रवीन्द्र अधिकारी”
आकाश कालाे, दिनै धुम्म
आज फागुन पन्ध्र,
बीच बाटाेमा मलाई छाेडी
किन गयाै रविन्द्र ?
पूजा सर्दाम ठिक पार्देर
विदा गरे आजै,
पाथीभरा देवीकाे टीका
निधारमा छ ताजै ।
मन्त्री भई एक वर्ष भाे
घर समेत व्यस्त,
मुटु मेराे नाैचिरा भाे
हेलिकप्टर खस्दा ।
विराज रून्छ, स्वराज रून्छ
बाबा मेराे खाेई भनि,
हांस्तै गका सातै जना
फर्किएनन काेही पनि ।
कलंकलाई पखाल्ने आशा
आज सेलाई गयाे,
पाेखराकाे वल्दाे दीप
४९ मै विलाईयाे ।
पाथीभरा माईलाई हेर्दै
अन्तिम फाेन गर्याे तिम्ले,
वेलुकीसम्म आउछु भन्थ्याै
भराेशा नै हर्याै तिम्ले ।
वादल कालाे मडारिएकाे
गडबढ थियाे सारै माैसम,
आधा जिन्दगीमा लुट्याे
दैवले प्याराे खसम ।
अवलाेकन गर्न गकाे
विमानस्थल बनाउनलाई,
गाैतमवुद्ध एअरपाेर्ट केभाे?
रहेनाै नि सुनाउनलाई ।
ईन्द्र-लक्ष्मी काेखबाट
जन्मिएका २६ सालमा,
देशकाे सेवा गर्दागर्दै
बिदा लियाै अकालमा ।
याेजनाका द्रष्टा थियाै
सदैब सदाचारी,
ईतिहासमा सीमित रह्याै
रवीन्द्र अधिकारी ।