कविता : सव हाम्रो !!!
— चोलेन्द्र राज अधिकारी
महाकाली अविरल सगैं निकट अटल लिम्पिया हो हाम्रो
तिष्टा कागडा भूगोल विचको वहादुरी सौर्य गाथा हो हाम्रो ।
पराधिन परेन कहिले स्वाभिमानी सदा स्वतन्त्र देश हाम्रो
पराधिन मुक्ती पथका योद्धा अनि सिमा रक्षक सव वीर हाम्रो ।
——– +++ ——— +++ ———- +++ ——–
हिम शिखरको शितल सुगन्धी पवनमा मोहित मन हाम्रो
त्यहि काख तट उद्गम नदीको अमृत सरि जल सव हाम्रो ।
सारा धरा सिन्चित गर्ने सव हिम नदीको उफान सव हाम्रो
पुलकित उपवनका संजीवनी र वुटी सहितको भूमी सव हाम्रो ।
——– +++ ——— +++ ———- +++ ——–
गोसाइँकुण्ड पाशुपत अनि मुक्ति क्षेत्र पुण्य भूमी हाम्रो
बुद्ध राग त्याग अव सदा वुद्ध जन्म स्थलको पुण्य देश हाम्रो ।
सीता उत्पत्ति समाधि स्थलको पुण्य भूमी सव देश हाम्रो
आदर सम्मान गर सदा पुज्य देव स्थलको पुण्य देश हाम्रो ।
——– +++ ——— +++ ———- +++ ——–
चोलेन्द्र राज अधिकारी
कलंकी
