कबिता ? के गर्नु गर्नु ? ?

— विकास विक्रम थापा

राग आफ्नो छुट्टै छ
अलापेर के गर्नु ?
सोचाइ आफ्नो सफा छ
बद्लेर के गर्नु ??

म आफै त्यसै राम्रो छु
सिङ्गारेर के गर्नु ?
बेफुर्सदी जस्तो लाग्द्छ
फुर्सद निकालेर के गर्नु ??

बोली मेरो मधुर छ
चिच्याएर के गर्नु ?
आसाको त्यान्द्रा दरो छ
चुडाएर के गर्नु ??

स्वार्थ त मेरो छैन नि
झुक्याएर के गर्नु ?
पाकी सकेको आँप हु म
छोडाइ खाए के गर्नु ??

अघाइ सकेको पेट हु म
भोकै हुनेलाई के गर्नु ?
सान्ती सङ्ग बस्ने मन
रोइ कराउनेलाइ के गर्नु ??

बगैचामा फूलहरु छ्न
सुगन्ध लेर के गर्नु ?
चाहना सितल शान्त छ
चिच्याएर के गर्नु ??

भावना पोख्ने रहर छ
नबुज्ने लाई के गर्नु ?
भाब र मन सबका छ्न
नजिक आँउछ्न के गर्नु ??

भावना पोख्छु सन्जालमा
सबैले हेर्छ्न के गर्नु ?
हजार झन्डै साथी छ्न
सबैनै मेरा हुन के गर्नु ??

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *