नेप्सेमा सकारात्मक सर्किट : बाँकी समयको कारोबार बन्द

इन्भेष्टोपेपर । मंसिर २८, २०७८

काठमाडौं ।  धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचकमा उच्च वृद्धि भएपछि आज बाँकी समयको कारोबार बन्द गरिएको छ । यसअघि आजै कारोबार खुलेको दुई घण्टा नपुग्दै पाँच प्रतिशतले नेप्से बढेकाले ४० मिनेटका लागि बजार बन्द गरिएको थियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार सुरु भएको एक घण्टा ३८ मिनेट अर्थात् १२ः३८ मा नेप्सेको सूचक ११४ दशमलव २५ अङ्क अर्थात् पाँच दशमलव ०१ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको थियो ।

कारोबार बन्द भएको ४० मिनेपछि पुनः किनबेच सुरु गर्नका लागि बजार खुल्ने वित्तिकै निरन्तर बढेर छ दशमलव ०१ प्रतिशतले नेप्से बढेकाले आजको कारोबार बन्द भएको नेप्सेले जनाएको छ । नेप्सेले कारोबार अवधिभर छ प्रतिशतसम्म बढ्न वा घट्न सक्नेगरी सर्किट ब्रेकको सीमा निर्धारण गरेको छ ।

कारोबार खुलेको पहिलो घण्टाभित्रै चार प्रतिशत र दोस्रो घण्टाभित्र पाँच प्रतिशतले बजार घटे वा बढे कारोबार बन्द हुने सीमा निर्धारण गरिएको छ । त्यसपछि पनि छ प्रतिशतले बजार बढेमा बाँकी समयको कारोबार बन्द गर्ने व्यवस्था छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *