भारतकी हरनाज सन्धूलाई ‘मिस युनिभर्स २०२१’ को उपाधि

इन्भेष्टोपेपर । मंसिर २८, २०७८

इजरेलमा सम्पन्न मिस यूनिभर्सको ७०औँ संस्करणमा पञ्जाबकी हरनाज सन्धू मिस यूनिभर्सको उपाधि जित्न सफल हुनुभएकाे छ । उहाँ याे ताज पहिरिने तेस्री भारतीय युवती बन्नुभएकाे छ। मिस यूनिभर्स २०२० बन्नुभएकी मेक्सिकोकी आन्द्रेया मेजाले हरनाज सन्धूलाई उपाधि हस्तान्तरण गर्नुभयाे ।

हरनाज सन्धू १७ वर्षको उमेरदेखि नै सुन्दरी प्रतियोगितामा सहभागी हुँदै आउनुभएकाे थियाे। पाराग्वे र दक्षिण अफ्रिकाका प्रतिस्पर्धीलाई पराजित गर्दै भारतको पञ्जाब निवासी हरनाज सिन्धू उत्कृष्ट ठहरिएनु भएकाे हाे।

प्रतियोगिताको टप थ्री चरणमा सबै प्रतियोगितालाई ‘वर्तमान समयमा दबाव खेपिरहेका युवा महिलाहरूलाई के सल्लाह दिन चाहनुहुन्छ?’ भनेर सोधिएको प्रश्नकाे उत्तर दिँदै हरनाज सन्धूले अहिलेका युवामा सबैभन्दा ठूलो दबाव स्वयंमा विश्वास गर्नु भएको भन्दै अरूसँग तुलना गर्न छोड्नुपर्ने तथा विश्वमा जे भइरहेको छ त्यसबारे कुरा गर्नु आवश्यक भएको बताउँनुभएकाे थियाे । ‘बाहिर निस्किनुहोस्, आफ्ना लागि बोल्नुहोस् किनभने तपाईँ नै आफ्नो जीवनको नेता हो। म आफूमा विश्वास गर्छु, त्यसैले आज म यहाँ उभिएकी छु।’

यसभन्दा अघि भारतबाट सन् १९९४ मा सुष्मिता सेन र २००० मा लारा दत्ता मिस यूनिभर्स बनेका थिए।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *