भानु जयन्तीको अवसरमा विहिप नेपालद्वारा जनकपुरधाममा प्रभातफेरी

इन्भेष्टाेपेपर ।  असार २९, २०७९

जनकपुरधाम । २०९ औं भानु जयन्तीको अवसरमा विश्व हिन्दू परिषद् नेपाल, जनकपुरधामद्वारा प्रभातफेरी आयोजना गरिएको छ । प्रभातफेरी जानकी मन्दिरबाट शुरु भई जनकचौक, शिवचौक हुदै भानुचौकमा गई भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गरिएको थियो ।

कार्यक्रममा बोल्दै विश्व हिन्दू परिषद् नेपालका महासचिव जितेन्द्र कुमार सिंहले मधेश आन्दोलनको आडमा विधर्मी तत्वद्वारा भानुचौकमा स्थापित रहेको भानुभक्त आचार्यको शालिक षडयन्त्रपूर्वक भत्काईएको प्रति रोष प्रकट गरेका थिए ।

अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली साहित्यलाई ठूलो गुण लगाएको मानिन्छ। उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा लय हालेर पाठ गरिन्छ । रामायण ग्रन्थलाई नेपाली भाषामा अनुवाद गरी मिथिला संस्कृतिको समेत गौरव बढाउने पूण्यकार्य गर्नुभएका भानुभक्त आचार्यको शालिक भत्काईनु अक्षम्य पाप भएको भन्दै महासचिव सिंहले आक्रोश पोखेका थिए ।

विश्व हिन्दू परिषद् नेपालले आज देशभरि नै विभिन्न कार्यक्रम आयोजना गरी भानु जयन्ती मनाएको छ । परिषदद्वारा जनकपुरमा आगामी वर्षहरुमा पनि भव्यताका साथ भानु जयन्ती मनाईने तथा निकट भविष्य मै शालिक स्थापना गरिने मन्तव्यका क्रममा परिषद्का राष्ट्रिय सदस्य मनोहर साहले बताए ।

कार्यक्रममा बोल्दै बरिष्ठ समाजसेवी प्रफुल्ल घिमिरेले भानुभक्त आचार्यले आफ्ना साहित्यिक रचनाका माध्यमले सम्पूर्ण समाजलाई जोड्ने कार्य गर्नुभएकोले हामी सबैले पनि राजनैतिक एवं भाषिक सिमा भन्दा माथि उठेर विचार गर्नुपर्ने बताएका थिए । विश्व हिन्दू परिषद् नेपालले जनकपुरधाममा भानु जयन्ती मनाउन पुनः शुरु गरेको प्रति प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले आभार समेत प्रकट गरेका थिए । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *