सरकारको प्रवक्तामा ज्ञवाली
इन्भेष्टोपेपर । भाद्र ३०, २०७७
सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नियुक्त हुनुभएकाे छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई सरकारको प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि तत्कालीन अर्थ, सूचना तथा प्रविधिमन्त्री युवराज खतिवडा प्रवक्ताको जिम्मेवारीमा रहनु भएकाे थियाे । उहाँले मन्त्री पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।
