प्रदिप भट्टराईको नयाँ गीत “उमेर ढल्केको” सार्वजनिक (भिडियासहित)

इन्भेष्टाेपेपर ।  फागुन ३, २०८१

काठमाडौं । नेपाली संगीत उद्योगका लोकप्रिय संगीतकर्मी प्रदिप भट्टराईले आफ्नो नयाँ गीत “उमेर ढल्केको“को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

नेपाली संगीत क्षेत्रमा २५ वर्षभन्दा बढी योगदान दिइ सकेका उनको परिचय गायक, संगीतकार, गीतकार तथा संगीतकर्मीका रुपमा समेत स्थापित रहेको छ । तथापी, उनी आफैँ भने आफूलाई पूर्वेली गायक तथा संगीतकर्मी भन्न रुचाउँछन् । उनले आफ्नो सांगीतिक यात्राको सुरुवात २५ बर्ष अघि मेलान्ज ब्याण्ड मार्फत गरेका थिए ।

संगीतकर्मी भट्टराईले नेपाली संगीतमा आफ्नै मौलिक शब्द, संगीत र शैलीले छुट्टै पहिचान बनाएका छन् । भट्टराईले यसअघि पनि आफ्नै शब्द र संगीतमा दुई एल्बम सार्वजनिक गरिसकेका छन् ।

सार्वजनिक नयाँ गीतमा नेपाल आइडल सिजन २ का विजेता रवि ओडले स्वर दिएका छन् । रवि ओडले आफ्नो सुमधुर स्वर र फरक पहिचानले नेपाली संगीतमा छोटो समयमा नै अपार सफलता हासिल गरेका छन् । गीतको भिडियोमा रबीको आवाज संगै उनको अभिनय, कलाकार जय किशन बस्नेत र बिना राउत तथा संगीतकार भट्टराई स्वयम् लगायत कलाकारको रमाइलो अभिनय रहेको छ ।

काठमाडौंको एक होटलमा आयोजित विशेष समारोहमा प्रमुख मिडिया हाउसका प्रतिनिधिहरूको उपस्थितिमा गीत सार्वजनिक गरिएको थियो । कार्यक्रममा बोल्दै भट्टराईले आफ्नो नयाँ सिर्जनाबारे उत्साह व्यक्त गर्दै यस गीतले समयसँगै परिवर्तन हुने जीवनका भोगाइहरू चित्रण गरेको बताए ।

गीतको भिडियो नेपाल आइडलका सिजन २ का विजेता रवि ओडको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *