पुँजी बजारबारे अध्ययन गर्न धितोपत्र बोर्ड र टियूबीच सहकार्य

न्भेष्टाेपेपर ।  फागुन ३, २०८१

काठमाडौँ ।  पुँजी बजारका विविध विषयमा अध्ययन तथा अनुसन्धान गर्न धितोपत्र बोर्ड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागले सहकार्य गर्ने भएका छन् ।

सहकार्यका लागि धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ र त्रिवि व्यवस्थापन केन्द्रीय विभागका विभागीय प्रमुख प्रा. भवानीशङ्कर आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार पुँजी बजारका विविध विषयमा अध्ययन तथा अनुसन्धान, लगानीकर्ता प्रशिक्षण तथा सचेतना अभिवृद्धिसम्बन्धी पाठ्यक्रम विकास, वित्तीय साक्षरता अभिवृद्धिलगायत धितोपत्र बोर्डका कर्मचारीको क्षमता वृद्धिका लागि विभिन्न किसिमका तालिम तथा व्यावसायिकता अभिवृद्धि गरिने बताइएको छ ।

सम्झौता अनुसार बोर्डले तोकेको धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास र विस्तारसँग सम्बन्धित विषयवस्तुमा एकल वा बोर्डसँग सहकार्य गरी अध्ययन तथा अनुसन्धान गरिने छ ।

यसै गरी वित्तीय साक्षरतासम्बन्धी पाठ्यक्रमको विकास तथा साक्षरता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने/गराउने, विभाग अन्तर्गत अध्ययनरत विद्यार्थीलाई पुँजी बजार सम्बन्धमा तालिम तथा प्रशिक्षण प्रदान गर्ने रहेको छ ।

साथै बोर्डका कर्मचारीहरूको क्षमता तथा व्यावसायिकता अभिवृद्धि गर्न सहयोग पुग्ने तालिम तथा अन्तर्क्रिया कार्यक्रमको विकास तथा आयोजना गर्ने मुख्य उद्देश्य रहेको जनाइएको छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *