देउखुरीलाई कृषि सुपर जोन बनाउन अध्ययन

Investopaper, पौष ६, २०७६

 प्रदेश नं ५ सरकारले दाङको देउखुरी क्षेत्रमा कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न विशेष अध्ययन सुरु गरेको छ ।

देउखुरीमा रेशम सुुपरजोन, भैँसी तथा माहुरीको स्रोतकेन्द्रका रुपमा विकास गर्न सम्भाव्यता अध्ययनन शुरु गरेको छ ।

किट विकास केन्द्रका प्रमुख हरिहर अधिकारी, प्रदेश नं ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ अधिकृत श्रीधर ज्ञवाली, कार्यक्रम अधिकृत जगन्नाथ शर्मा, प्रदेशसभा सदस्य इन्द्रजित थारूले शनिबार स्थलगत अध्ययन गर्नुभयो ।

काभ्रेको खोपासीमा रहेको स्रोतकेन्द्र आगामी दिनमा क्रियाशील हुुन नसक्ने भएपछि सरकारले वैकल्पिक स्थानको खोजी गरेको जनाइएको छ । प्रदेश नं ५ अन्तर्गत दाङ देउखुरीको गढवामा रेशमखेतीको स्रोतकेन्द्र सञ्चालन गरी दाङलाई नेपालकै रेशम स्रोत केन्द्रका रूपमा विकास गर्ने लक्ष्यअनुरुप जग्गाको खोजीमा लागेको किट विकास केन्द्रका प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

गढवामा हाल ११ किसानले कृृषिफार्म दर्ता गरेर झण्डै ६० बिघा क्षेत्रफलको जग्गामा रेशमखेती गरिरहेका छन् । गढवालाई रेशम सुपरजोनको रूपमा नेपाल र विश्वमै चिनाउने गाउँपालिकाको लक्ष्य रहेको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताउनुभयो ।

हाल गढवाको वडा नं १ बनबारी, वडा नं ३ गोबरडिहा, वडा नं ४ हडैया र लमही नगरपालिका–६ ढिकपुरमा गरी झण्डै ६० बिघा क्षेत्रफलमा रेशमखेती भइरहेको नमूना रेशमखेती फार्मका अध्यक्ष रामलक्ष्मण शाहले जानकारी दिनुभयो । प्रदेश सरकारले गढवालाई रेशमखेती स्रोत केन्द्र, देउखुरीकै राजपुर गाउँपालिकालाई भैँसीपालन स्रोत केन्द्र, घोराहीलाई मौैरीपालनको स्रोत केन्द्रका रूपमा छनोट गरेको मन्त्रालयका अधिकृत श्रीधर ज्ञवालीले बताउनुभयो ।

— रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *