एसईईको नतिजा आज सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

न्भेष्टाेपेपर । असार २१, २०८०

काठमाण्डाैँ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार साँझसम्ममा माध्यामिक तह परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

परीक्षा नियन्त्रणा कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक काम पनि करिब सम्पन्न भइसकेको, नम्बर कम्प्युटरमा चढाउने, सम्परीक्षण गर्ने, रुजु गर्नेलगायतका प्राविधिक कार्य भइसकेको जानकारी दिनुभयाे । 

नतिजा सार्वजनिक गर्ने तयारी स्वरुप परीक्षा बोर्डको बैठक अहिले केही बेरमा बस्ने भएको छ । डाटा प्रवेश  लगायतका सबै काम सकिएकाले बिहीबार साँझसम्ममा नतिजा सार्वजनिक गर्ने निर्णय हुनसक्ने बताइएको छ ।

बिहीबार साँझ संभव नभए शुक्रबार बिहानै नतिजा सार्वजनिक हुनसक्ने बोर्डले जनाएको छ । यो वर्ष पनि ग्रेडिङ पद्धति अनुसार नै नतिजा सार्वजनिक गरिने छ । बोर्डले विभिन्न संचार माध्यमहरु मार्फत नतिजा हेर्न मिल्ने ब्यवस्था पनि गरिसकेको छ ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो । परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले परीक्षा दिएका छन् । प्राविधिक धारतर्फका १५ हजार चार सय ६१ जना परीक्षार्थीसमेत एसइईमा सहभागी थिए ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *