जुलाई ३ तारिखका दिन विश्वको तापक्रम अहिलेसम्मकै उच्च

न्भेष्टाेपेपर । असार २०, २०८०

काठमाण्डाैँ । गत सोमवार विश्वको सबैभन्दा गर्मी दिन भएको अमेरिकी मौसमविद्हरूले बताएका छन्।अमेरिकाका सरकारी वैज्ञानिकहरूले विश्वको औसत तापक्रम १७ डिग्री सेल्सियसभन्दा माथि पुगेको बताएका हुन्।

उनीहरूले नयाँ कीर्तिमान १९औँ शताब्दीको अन्त्यसम्मको कुनै पनि उपकरणमा अभिलेख गरिएको सबैभन्दा उच्च रहेको बताएका छन्। सोमवारको तापमानले यसअघि सन् २०१६ मा कायम भएको सर्वाधिक तापमानको कीर्तिमान तोडेको छ।

जुलाई ३ तारिखमा विश्वको औसत तापक्रम १७.०१ डिग्री सेल्सियस पुगेको यूएस न्याश्नल सेन्टर्स फर इन्भाइरोमेन्टल प्रेडिक्सनका वैज्ञानिकहरूले बताएका छन्। यसले अगस्ट २०१६ मा १६.९२ डिग्री सेल्सियससहित विगतमा कायम कीर्तिमान तोडेको उनीहरूको भनाइ छ।

चीन, उत्तर अफ्रिका र दक्षिण अमेरिकामा हालै चलेको गर्मीको लहरबाट अवस्था प्रभावित भएको छ। अनुसन्धाताहरूले जलवायु परिवर्तन प्राकृतिक जलवायु अवस्था एल निन्योको सुरुवातसँग सम्बन्धित भएको ठानेका छन्।

यस वर्षको शुरुवातदेखि नै अनुसन्धानकर्ताहरू जमिन र समुद्रमा बढ्दो तापक्रमलाई लिएर चिन्तित छन् । पृथ्वीका केही भागमा अहिलेसम्म नदेखिएका मौसमी गतिविधि देखिएको पनि अनुसन्धानकर्ताले बताएका छन् । (बीबीसीबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *