९२ वर्षकाे उमेरमा पाँचौँ पटक बिहेको तयारी

न्भेष्टाेपेपर ।  फागुन २८, २०८०

मिडिया टाइकून रुपर्ट मर्डोकले उनकी प्रेमिका एलेना जुकोभासँग बिहे गर्ने कुरा छिनेको उनको टीमले पुष्टि गरेको छ। ९२ वर्षीय रुपर्टले ६७ वर्षीया अवकाशप्राप्त रुसी मलेक्युलर बायोलजिस्ट जुकोभासँग केही महिनादेखि ‘डेटिङ’ गरिरहेका बताइएको छ।

उनको बिहे यही वर्ष क्यालिफोर्निया राज्यको भाइनयार्डमा हुने ठानिएको छ। यो उनको पाँचौँ बिहे हुनेछ, बिहे छिनेको भने उनको यो छैटौँ पटक हो। उनले फक्स एन्ड न्यूज कर्पको अध्यक्ष पद गत वर्ष छोडेका थिए।

सबैभन्दा पहिला यो समाचार छापेको ‘द न्यू योर्क टाइम्स’ले जून महिनामा बिहे गर्ने कार्यक्रम तय गरिएको र त्यसका लागि निमन्त्रणा बाँडिसकिएको लेखेको छ।

अस्ट्रेलियामा जन्मेका मर्डोकले पछिल्लो पटक बिहे गर्न निधो गरेकी पूर्वप्रहरी पादरी महिला एन लेसले स्मिथसँग एप्रिल २०२३ मा उनको सम्बन्ध बिग्रन पुगेको र त्यसलगत्तै उनले जुकोभासँग डेट गर्न थालेको बताइएको छ।

रुपर्ट मर्डोकले सन् १९५० को दशकमा आफ्नो करिअर सुरु गरेका थिए। उनले यूकेमा सन् १९६९ मा ‘न्यूज अफ द वर्ल्ड’ र ‘द सन’ खरिद गरे। पछि उनले अमेरिकामा ‘न्यू योर्क पोस्ट’ र ‘वाल स्ट्रीट जर्नल’लगायत अन्य अमेरिकी प्रकाशन खरिद गरे।

सन् १९९६ मा उनले ‘फक्स न्यूज’ सुरु गरे, जुन अहिले अमेरिकामा सबैभन्दा बढी हेरिने टेलिभिजन च्यानल मानिन्छ। न्यूज कर्प सन् २०१३ मा स्थापना गरिएको हो। त्यसमार्फत् मर्डोक सयौँ स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाका मालिक बनेका छन्।

गत सेप्टेम्बर महिनामा उनले मिडिया साम्राज्यको अग्रणी भूमिकाबाट पछि हट्ने घोषणा गरेका थिए। उनले मिडिया साम्राज्य सञ्चालन गर्ने अधिकार उनका छोरा लाचलानलाई सुम्पिएका थिए। पछि उनले ‘फक्स’ र ‘न्यूज कर्प’को अवकाशप्राप्त अध्यक्षको भूमिका लिए।

‘द न्यू योर्क टाइम्स’को समाचारअनुसार मर्डोकको जुकोकासँगको बिहेले उनको व्यवसायको भविष्यलाई कुनै असर नपर्ने ठानिएको छ।

— बीबीसीबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *