सुनको मूल्यले कायम गर्याे नयाँ किर्तिमान

न्भेष्टाेपेपर । कात्तिक २, २०८१

काठमाडौँ ।   सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो । 

महासङ्घका अनसार सुनको मूल्य आज प्रतितोला रु. दुई हजारले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु. एक लाख ६२ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ६४ हजार चार सय निर्धारण भएको छ । 

यस्तै, चाँदीको मूल्य तोलामा रु. ३० ले बढेको छ । बिहीबार प्रतितोला रु. एक हजार नौ सय ५० मा कारोबार भएको आजका लागि भने रु. एक हजार नौ सय ८० निर्धारण भएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *