पेट्रोलियम पदार्थकाे मूल्य पुनः बढ्यो

इन्भेष्टोपेपर । फागुन ८, २०७८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य पुनः वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो।

आइतबारबाट काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १२८ रुपैयाँ पुगेको छ। निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यतावत राखिएको छ।

यसअघि निगमले माघ १८ गते मूल्य बढाएको थियो। इण्डियन आयल कर्पोरेशनले पठाएको मूल्य सूची अनुसार नेपालमा मूल्य वृद्धि भएको निगमले जनाएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *